लेकसाइडमा ‘फेवा नववर्ष महोत्सव’ सुरु (तस्बिरहरु)
पाेखरा | चैत २९, २०८०
पोखरा: नेपाली नयाँ वर्ष २०८१ सालको स्वागतार्थ पोखराको लेकसाइडमा १९ औं संस्करणको फेवा नववर्ष महोत्सव आजदेखि सुरु भएको छ ।
होटल संघ पोखराको आयोजनामा आजदेखि सुरु भएको महोत्सव यही वैशाख १ गतेसम्म सञ्चालन हुने छ ।
महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरे ।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित सो महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्बिने विश्वास लिएको छ ।
पोखराको खहरेचोकदेखि र ड्यामसाइडचोकदेखि र्याली आयोजना भएको थियो ।

सो र्यालीमा विभिन्न जातजातिको मौलिक सांस्कृतिक झाँकी, बाजागाजासहित नृत्यहरु प्रस्तुत गरिएको थियो ।
महोत्सव अवधिभर होटल संघ पोखरामा आवद्ध होटलहरुमा पर्यटकलाई २० प्रतिशत छुटको व्यवस्थासमेत गरेको छ । महोत्सवलाई करिब ३ लाख पर्यटकले अवलोकन गर्ने जनाएको छ ।
तस्बिर: अर्जुन गाहा (सुशान्त)











संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

